समचार

मिक्वाखोला गाउँपालिकाको WEBSITE मा स्वागत छ।

मिक्वाखोला गाउँपालिकाको परिचय

                नेपालको सुदुर पूर्वी सिमानामा पर्ने साविकमा मेची अञ्‍चल अन्तर्गतका चार जिल्लाहरु मध्ये भारत र चीन दुबै देशसँग सीमाना गाँसिएको जिल्ला ताप्लेजुङका पश्‍चिमी भूभागमा चार गा.वि.स. हरु खोक्लिङ, लिवाङ, साँवा र पापुङको संयोजन भई हाल १ नं. प्रदेश अन्तर्गतका मिति २०७३/११/२७ गते गठित स्थानीय तहको रुपमा मिक्वाखोला गाउँपालिका एक रहेको छ । पौराणिक कालमा तिब्बतबाट आएका एक युवतीको आँसुबाट खोला बनेको र स्थानीय लिम्बु भाषामा मिक्वाको अर्थ आँसु भएकाले यस ठाउँको नामाकरण मिक्वाखोला रहन गएको जनश्रुति रहेको छ । मिक्वाखोला कालखण्डसँगै मेवा खोलाको नामले चिनिन थालेको भएतापनि राज्य पुनर्सरंचनाको क्रममा मेवा खोलालाई पुनः मिक्वाखोला नामाकरण गरी यसै ऐतिहासिकतालाई मध्यनजर गर्दै मिक्वाखोला गाउँपालिका भनी नामाकरण गरिएको हो। भौगोलिक रुपमा बिकट र दुर्गम भए तापनि मिक्‍वाखोला  गाउँपालिकाको पर्यटकीय, व्यवसायिक, वातावरणीय लगायतका विभिन्न बहुआयामिक पक्षहरुबाट महत्वपूर्ण पहिचान रहेको छ । मिक्वाखोला गाउँपालिका अलैंची खेती, पर्वतारोहण, अवलोकन भ्रमण र जडिबुटी संकलनको दृष्टिकोणबाट महत्वपूर्ण सम्भावना बोकेको क्षेत्र हो ।